अब कृषकले निराश हुनुपर्दैन, कृषिमा नयाँ व्यवस्था आउँदैछः मन्त्री भुसाल

सुरुङ्गाः कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गरे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठकः पार्टी पुनर्निर्माणबारे यस्ताे छ भुषालको बेग्लै प्रस्ताव (पूर्णपाठसहित)

‘नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनुपर्दैन’, मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।’ कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राखे ।

याे पनि पढ्नुस  अर्थतन्त्र उकास्न कृषिको विस्तार उत्तम विकल्पः नेता पौडेल

उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको काम शुरु गरेको बताए ।

कमेन्ट गर्नुहोस्