सिरहा कारागारका ५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

लहानः सिरहा कारागारका ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ ।

एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख बबिता महतोको भनाइ छ । सङ्क्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।

याे पनि पढ्नुस  सात युवकको ५ दिनेदेखि रुखमै ‘क्वारेन्टाइन’

कारागारमा रहेका ९२ कैदीबन्दीमा मात्रै कोरोना सङ्क्रमण देखिएको छैन । सङ्क्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि सङ्क्रमित हुने जोखिम बढेको छ ।

सङ्क्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्