सूर्य थापा फेरि विवादमा, भने–कुलमान घिसिङलाई भगवान भन्ने ‘पाखे’ हुन्

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा फेरि विवादमा तानिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण थापा विवादमा तानिएका हुन् ।

उनले उक्त अन्तर्वार्तामा नेपाल विद्यतु प्राधिकरणको कार्यकारी निर्देशकबाट विदा भएका कुलमान घिसिङलाई भगवान भन्नेहरूलाई ‘पाखे’ भनेका छन् । जसका कारण थापाको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

याे पनि पढ्नुस  सर्वत्र आलोचनापछि विवादास्पद अध्यादेश फिर्ता लिँदै प्रधानमन्त्री ओली

नेपालमा लोडसेडिङ अन्त्य गरेको भन्दै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग उठिरहेको छ । सार्थ विभिन्न स्थानमा कुलमानको समर्थनमा नारा, जुलुस भइरहेका छन् । सोही सन्दर्भमा सोधिएको प्रश्नमा थापाले भनेका छन्, ‘कुलमान जी भगवान हैन, हामी सबै मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भन्दैमा हामी भगवान भन्छौं छ ? कुलमानलाई भगवान भन्नेहरू पाखे हुन् । उनीहरूको त्यो सन्तुलित विचार, दृष्टिकोण र बुझाई हैन ।’

याे पनि पढ्नुस  नेकपा विवादः ओली, प्रचण्ड र नेपालबीच छलफल शुरू

थापाले जनताले सडकमा जुलुस निकालेर कुलमानको पुनः नियुक्ति नहुने पनि स्पष्ट पारे । थापाले सामाजिक मिडियामा लेख्ने र जुलुस निकाल्नेले कुलमानलाई डुबाइरहेका बताए ।

थापाले अगाडि भनेका छन्, ‘कुलमानको पक्षमा बहस, जुलस के–के भइरहेका छन् भन्नेतिर म जान चाहन्नँ । लोडसेडिङ अन्त्य गर्ने कुलमानको योजना हैन, सरकारको योजनामा लोडसेडिङ अन्त्य भएको हो । कुलमान जी कार्यसम्पादन सम्झौता गरेर नियुक्त हुनुभएको हो । अब प्राधिकरणको नयाँ कार्यकारी निर्देशक प्रक्रियाअनुसार नियुक्त गर्छौं ।’

कमेन्ट गर्नुहोस्