साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का अवसरमा सुनाइसम्बन्धी समस्या भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गर्दै अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको शुभकामना दिएकी हुन् ।

ट्वीटमा राष्ट्रपति भण्डारीले साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा उहाँहरू (सुनाइसम्बन्धी समस्या भएका)को शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान पनि गरेकी छन् ।

कमेन्ट गर्नुहोस्