गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकीः प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा तनहुँका ११, बाग्लुङका आठ, कास्कीका ५, पर्वतका चार र स्याङ्जाका ३ जना छन् । प्रदेशमा हालसम्म ६४ हजार ८९५ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  गण्डकीमा कोरोना खोप बुधबारबाट लगाइने

सङ्क्रमित मध्ये २ हजार ३२९ निको भएका छन् भने एक हजार २ सय १८ जना सक्रिय सङ्क्रमित छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्