जफत गरिएकाे प्याज प्रतिकेजी ६० रुपैयाँका दरले सर्वसाधारणलाई बेचिँदै

काठमाण्डौः सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न ठाउँका व्यापारीबाट जफत गरेको झण्डै १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।

मङ्गलबार काठमाण्डौका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले जफत गरिएको प्याज बुधबारदेखि बिक्री गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै बिक्री गर्न लागिएको बताएको छ ।

याे पनि पढ्नुस  २४ घण्टामा २ गुणाले मूल्यवृद्धि

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मङ्गलबार मात्रै निर्णय भएकाले प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारदेखि बिक्री वितरणको काम सुरु हुने बताउनुभयो । जफत गरिएको प्याज ढुवानी, लागत र प्याकेजिङसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत उनले बताए।

याे पनि पढ्नुस  सनी लियोनी प्याज किन्न गएपछि...

गएको हप्तादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्यधिक बढेपछि सरकारले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका २ वटा पसल सिल गरिएको थियो ।

याे पनि पढ्नुस  प्याजमा मूल्य वृद्धिः सर्वसाधारणले प्याज खान छाडे, व्यापारीले ल्याउन छाडे !

त्यही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्