आइपीएल : मुम्बईविरुद्ध टस जितेर बलिङ गर्दै केकेआर

काठमाडौं  : यूएईमा जारी आइपीएलकाे १३ औँ सिजनको पाँचौ खेलमा मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर बलिङ रोजेको छ ।

कोलकाता र मुम्बईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

कोलकाताले जारी सिजनमा पहिलो म्याच खेल्दै छ । मुम्बईले भने पहिलो म्याच चेन्नई सुपर किंग्सविरुद्ध खेलिसकेको छ । उसले पहिलो म्याचमा सीएकसेविरुद्ध पाँच विकेटले हार ब्यहोरेको थियो ।

याे पनि पढ्नुस  आइपीएल : शतक नबनाउँदै दिल्लीले गुमायो महत्वपूर्ण ५ विकेट

मुम्बई आइपीएल इतिहासको सर्वाधिक सफल टिम हो । उसले हालसम्म सबैभन्दा बढी चार पटक आइपीएल उपाधि जितेको छ ।

केकेआरले हालसम्म दुई पटक आइपीएलको ट्रफी आफ्नो पक्षमा पारेको छ । दुबै टोली बलियो देखिएकाले आजको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्