‘हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् ।

पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर आएका बेला सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् ।

‘उनका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ ।’ अहिले त्यही ठाउँमा थप भवन बनेको हो ।

कमेन्ट गर्नुहोस्