सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय

काठमाडौं : सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।

यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँ लगानी गरेर पुनर्निर्माणको काम गरिने छ । यसको अगुवाई विपद् व्यवस्थापन प्राधिकरणले गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्