आइपीएल : छक्काको वर्षा गर्दै रोहित, पूरा गरे अर्धशतक

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सविरुद्ध मुम्बई इण्डियन्सका ब्याट्सम्यान कप्तान रोहित शर्माले अर्धशतक बनाएका छन् ।

उनले ३९ बलमा ४ छक्का र १ चौकासहित अर्धशतक बनाएका हुन् ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले यो समाचार तयार पार्दासम्म १४ ओभरमा २ विकेट गुमाएर १३२ रन बनाएको छ ।

याे पनि पढ्नुस  शतक बनाएर आउट भए रोहित, जम्पालाई पहिलो सफलता

मुम्बई इण्डियन्सको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक (विकेटकीपर), सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, सुनील नारायण, नीतीश राणा, इयोन मोर्गन, दिनेश कार्तिक (कप्तान), आन्द्रे रसल, निखिल नाइक, प्याट कमिन्स, कुलदीप यादव,सन्दीप वारियर्स र शिवम माभी ।

कमेन्ट गर्नुहोस्