आइपीएल : रोहितको टिमले दियो केकेआरलाई १९६ रनको लक्ष्य

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)मा आफ्नो दोस्रो म्याचमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १ सय ९६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीपआवद्ध दिल्लीको म्याच कुन–कुन दिन? (तालिकासहित)

उसका लागि कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरे । उनले ५४ बलमा ६ छक्का र ३ चौकासहित १ सय ९५ रन बनाए ।

त्यस्तै, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले १८, सौरभ तिवारीले २१, किरण पोलार्डले अविजित १३ रनको योगदान दिए ।

याे पनि पढ्नुस  दिल्ली क्यापिटल्सले गर्‍यो सन्दीपको प्रशंसा

बलिङमा केकेआरका शिवम माभीले २, सुनील नारायण र आन्द्रे रसेलले एकएक विकेट लिए ।

मुम्बई आइपीएल २०२० को पहिलो म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध पाँच विकेटले पराजित भएको थियो ।

केकेआरले भने जारी सिजनमा आज पहिलो म्याच खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्