पाल्पामा पहिरोले पुरिँदा ६ जना बेपत्ता

पाल्पा : पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका-२ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो ।

हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए ।

याे पनि पढ्नुस  पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

उनकाअनुसार आज बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन् । तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्। अहिले स्थानीयले उद्दार गरिरहेका छन् । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

याे पनि पढ्नुस  हेर्न गएकालाई नै पहिरोले पुर्‍योः १ को मृत्यु, ३ जना बेपत्ता

अहिले आफूहरू पैदल जाँदै गरेको उनले बताए । त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने उनले बताए। बाटोमा डोजर परिचालन गरेर सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए । यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको अध्यक्ष भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्