स्याङ्जामा पहिरो, ८ जना बेपत्ता

वालिङ : स्याङ्जामा पहिरोले घर पुरिँदा ८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लाको वालिङ नगरपालिका-१४ तमादीमा पहिरोले एक घर पुरिँदा ८ जना बेपत्ता भएका हुन् ।

एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

याे पनि पढ्नुस  स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ प्रजिअ क्षेत्रीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पाल्पामा पहिरोले पुरिँदा ६ जना बेपत्ता

 

कमेन्ट गर्नुहोस्