चुनाव हारेपनि सत्ता हस्तान्तरण नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा चुनाव हारेपछि पनि शान्तिपूर्ण हत्तान्तरण गर्नबाट अस्वीकार गरेका छन् ।

निर्वाचन हारेको खण्डमा परिणामलाई लिएर सुप्रिम कोर्टमा अपील गर्ने उनले बताए ।

आफूलाई पोष्टल भोटिङमा शंका भएको ट्रम्पको भनाई थियो ।

कोरोना भाइरसबाट सुरक्षाको कारण देखाउँदै कैयन राज्यहरुले पत्रको माध्यमबाट मतदानलाई प्रश्रय दिइरहेको छ ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनसँग निर्वाच्नमा पराजित भएमा या जितेमा या ड्र हुने स्थितिमा के उनले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्लान् ? भन्ने प्रश्न पत्रकारले सोधेक थिए ।

“म मतपत्रलाई लिएर गुनासो गर्दै आएको छ । मतपत्र एउटा संकट जस्तै हुन ।” ट्रम्पको जवाफ थियो, “निकै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने छैन बरु त्यही सरकार जारी रहनेछ ।”

२०१६ मा पनि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनसँग चुनाव लडदा पनि उनले परिणाम नस्वीकार्ने बताएका थिए । हिलारीले भने यसलाई लोकतन्त्रमाथिको हमला बताएकी थिइन ।

मतदान केन्द्रमा गएर मत दिन नसकिने अवस्था भएपछि कैयन राज्यले घरबाटै पोष्टलको माध्यमबाट पत्र पठाएर भोट हाल्न सकिने व्यवस्था गरेका छन् । यसरी मत हाल्दा नजिकैको पोष्टबक्समा गएर आफ्नो मत हाल्न सकिने छ ।

उता डेमाक्रेटिक पार्टीले भने यसलाई लोकतन्त्रमाथिको हमला बताउँदै अदालतमा यो विषय गएमा पनि त्यसको सामना गर्ने बताउँदै आएका छन् ।

निर्वाचन आयोगल भने पोष्टल भोटिङमा कुनै धाँधली हुने सम्भावना नरहेको बताएको छ ।

कमिश्नर अफ द फेडरल इलेक्सन कमिशन एलेन बिट्रोब भन्छन्, “चिट्ठीबाट मतदानबाट षडयन्त्र हुनसक्ने कुनै आधार छैन ।”

पोष्टल मतदानबाट निर्वाचनमा तलमाथि भएका केही घटना भने यसअघि सार्वजनिक भएका थिए ।

ब्रेनन सेन्टर फर जस्टिसले २०१७ मा गरेको एक अध्ययन अनुसार, अमेरिकामा मतदानमा धोखाको दर ०.००००४ प्रतिशत देखि ०.०००९ प्रतिशत रहेको छ ।

म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलजीका एक राजनीतिज्ञ वैज्ञानिक चाल्र्स स्टिवर्टको शोध अनुसार पोष्टल मतदानमा मतपत्र हराउने सम्भावना बढी हुन्छ ।

कमेन्ट गर्नुहोस्