हुम्लामा हराएको भनिएको नेपाल-चीन सीमाकाे ११ नम्बर पिल्लर भेटियो

काठमाडौंः हुम्लामा पर्ने नेपाल-चीन सीमाकाे ११ नम्बर पिल्लर फेला परेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो । उक्त सीमास्तभ ५८ वर्षपछि फेला परेको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले ११ नम्बरको सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा फेला परेको जानकारी दिए ।

याे पनि पढ्नुस  हिउँमा टिप्पर दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको समाचार सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो । त्यसपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो । प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन । सुरक्षाकर्मी रस्थानीयहरुको अथक प्रयासमा तीन दिनसम्म खोजी गर्दा हराएको पिल्लर फेला परेको हो ।

याे पनि पढ्नुस  नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

चीनले नेपाली भूमिमा भवनहरु बनाएको समाचार सार्वजनिक भएलगत्तै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्टीकरण दिएका थिए ।

पिल्लर भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि मात्रै थाहा हुनेछ ।

कमेन्ट गर्नुहोस्