स्याङ्जामा एकै परिवारका ९ जनाको पहिरोमा पुरिएर मृत्यु

स्याङ्जाः वालिङ नगरपालिका–१४ मा पहिरोमा पुरिएर एकै परिवारको ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिकामाया नेपाली (४७), स्थानी नेपाली (२३), दीपक नेपाली (२४), कुलद्वीप नेपाली (२२), विक्रम नेपाली (१५), पाहुना आएकी उमाकला नेपाली (३०), विनिता नेपाली (२१) ९ महिने शिशु शिशिर नेपाली र ९ वर्षका विवश नेपाली छन् ।

याे पनि पढ्नुस  भ्यानको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

बिहीबार बिहान घर माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए । तीमध्ये जीवितै उद्दार गरिएकी १७ वर्षीया मनिषा नेपालीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । अन्य ९ जनाकै शव फेला परेको स्याङ्जाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना भाइरसः १० लाख नाघे संक्रमित, ५३ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवार पनि मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्