आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गते हुने

काठमाडौंः निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते गर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजिक गर्दै सरकार प्रवक्ता प्रदीप ज्ञवालीले आगामी मंसिर २७ गते निर्वाचन गर्ने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत् श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

याे पनि पढ्नुस  ‘र्‍यापिड टेस्ट’ गर्ने टोली बाग्लुङ, कैलाली र कञ्चनपुरमा

यसअघि असोज २४ का लागि तोकिएको निर्वाचन सरकारले स्थगित गरेको थियो ।

नेकपाकै दुई कर्मचारी संगठनबीच हुन सकेन एकता, ट्रेड यूनियनको चुनावमा एकअर्काका प्रतिष्पर्धी

कमेन्ट गर्नुहोस्