१४९७ संक्रमित थपिए, निको हुने ५० हजार नाघे

काठमाडौंः नेपालमा थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

याे पनि पढ्नुस  बिहानै ३२ जनामा देखियो कोरोना, कहाँ कति ?

पछिल्लो २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । बिहीबार देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्