काठमाडौं उपत्यकामा थप ७५५ जनामा संक्रमण पुष्टि

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या देशभर देखिएको कुल संक्रमितको ५० प्रतिशत हो ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट इटालीमा १०७ जनाको मृत्यु

योसँग काठमाडौंमा संक्रमितको संख्या १५ हजार ७७४, ललितपुरमा १ हजार ८२६ र भक्तपुरमा १ हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ जना संक्रमित भेटिएका छन् । बिहीबार ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । बिहीबार देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश

आज ५४ जिल्लामा संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । बिहीबार मृत्यु हुनेको संख्या हालसम्मकै बढी हो । यसअघि असोज ५ गते सोमबार १६ जनाको एकैदिन मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्