भेस्पा र अप्रिलियाले ल्यायो दशैं तिहार योजना

काठमाडौंः नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले बडा दशैं तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ ।

भेस्पा र अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजारसम्मको नगद छुट र सुन्य प्रतिशत व्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फूटम्याट, स्कुटर कभर र किरिङको साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सिसी भेस्पाको खरिदमा १० हजार बराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ ।

कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ्ग गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने दुगड ब्रदर्स एण्ड सन्सका उपाध्यक्ष विजय महतोले बताए ।

कमेन्ट गर्नुहोस्