बैंकिङ कसुरमा ११ करोड हिनामिना गरेर फरार महिला ६ वर्षपछि पक्राउ

काभ्रे : इलाका प्रहरी कार्यालय बनेपाले ६ वर्षदेखि बैंकिङ ठगी मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका-६ निवासी ५६ वर्षीय जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख (प्रहरी निरीक्षक) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले उच्च अदालत ललितपुरबाट २९ वैशाख २०७१ मा बैकिङ कसुर मुद्दामा फरार रहेकी केसीलाई बनेपा- ६ बाट पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जना पक्राउ

उच्च अदालतले बैकिङ कसुर मुद्धामा ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ र तीन बर्षको कैद तोकेको थियो । तर, उनी अदालतबाट फैसलाको ६ वर्षसम्म फरार हुँदै आएकी थिइन् ।

उनलाई बिहीबार नै जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद भुत्तानीका लागि जिल्ला कारागार धुलिखेल चलान गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्