फेरिए धादिङका प्रहरी प्रमुख

काठमाडौं : धादिङका प्रहरी प्रमुख परिवर्तन गरिएको छ । कमजोर कार्यसम्पादनलाई कारण देखाउँदै एसपी रवीन्द्र रेग्मीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले परिवर्तन गरेको हो । उनलाई काठमाडौंमा तानिएको हो ।

रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण विभागमा कार्यरत एसपी महेन्द्र खड्का पठाइएका छन् । खड्काको ठाउँमा रेग्मीले जिम्मेवारी सम्हाल्ने गरी बिहीबार काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

याे पनि पढ्नुस  ललितपुर महानगरका प्रहरी प्रमुख निलम्बित

आईजीपी शैलेश थापा क्षेत्रीले आर्थिक रूपमा प्रश्न उठेका र कार्यसम्पादनमा कमजोर देखिएका थप केही जिल्लाका प्रमुख समेत फेर्न तयारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्