प्राधिकरणले भन्यो : ‘लोडसेडिङ हुन थाल्यो भन्ने कुरा अफवाह मात्र’

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले ‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड)बाट गएकोले प्रतिकूल मौसमका कारण केही स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको बताएको छ ।

आज एक सूचना जारी गरेर प्राधिकरणले नियमित रूपमा गर्नुपर्ने मर्मतसंभार तथा प्रणाली सुधारको कार्य गर्नुपर्दा विद्युत आपूर्ति बिच्छेद गर्नुपर्ने भएको बताएको हो ।

याे पनि पढ्नुस  लोडसेडिङ हटेपछि प्रतिव्यक्ति ऊर्जा खपत बढ्यो

समस्याको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्रतिवद्ध रहेको प्राधिकरणले बताएको छ । विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडेर ‘अब लोडसेडिङ हुन थाल्यो’ भन्ने जस्ता अफवाह पनि सुनिने गरेको भन्दै प्राधिकरणले त्यसमा कुनै सत्यता नभएको र त्यस्तो अवस्था नरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्