आइपीएल : विराटको टिमको लज्जास्पद हार, पञ्जाबको पहिलो जित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध किंग्स इलावेन पञ्जाब ९७ रनले विजयी भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको आरसीबीले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

उसका लागि वासिङटन सुन्दरले ३०, एबी डिभिलियर्सले २८, आरोन फिन्चले २० र शिवम दुबेले १२ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलः दिल्लीले भित्र्यायो अर्का विदेशी खेलाडी

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा पञ्जाब टिमका रवि विश्नोइ र मुर्गन आश्विनले सर्वाधिक ३/३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो ।

याे पनि पढ्नुस  मुम्बईविरुद्ध चेन्नई ५ विकेटले विजयी

उसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे । उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए ।

आरसीबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए ।

त्यत्यस्तै, मयंक अग्रवालले २६, निकोलश पूरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए ।

याे पनि पढ्नुस  कहिले र कहाँ हुनेछ आइपीएल २०२० को फाइनल? मिति सार्वजनिक

बलिङमा आरसीबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए । जारी सिजनमा पञ्जाबको यो पहिलो जित हो ।

आइपीएल २०२० को आफ्नो पहिलो खेलमा पञ्जाब सुपर ओभरमा दिल्लीसँग पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्