दिल्लीका उपमुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं : दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । कोरोना पोजिटिभ देखिएको उनलाइे डेंगुले समेत सताएको बताइएको छ । उनको शरीरमा रक्त प्लेटलेटमा कमी भएको चिकित्सकहरुको भनाई छ ।

बुधबार लोकनायक अस्पताल भर्ना गरिएका उनलाई त्यहाँबाट म्याक्स अस्पताल सारिएको उपमुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा थपिए आज १ कोरोना संक्रमित

उनलाई बुधबार शरीरमा ज्वरो र अक्सिजनको स्तरमा कमी आएका कारण अस्पताल भर्ना गरिएको कार्यालयले जनाएको छ ।

उनलाई पछिल्लो २४ घण्टामा निकै उच्च ज्वरो आएको थियो । उनको दोहोर्याएर गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्