पासोमा पोथी चितुवा, स्थानीय खुसी

तनहुँः भानु नगरपालिका–३ तुलुङकोटमा थापेको पासोमा पोथी चितुवा परेको छ । शारिरिक रुपमा अशक्त चितुवा शुक्रबार बिहान पासोमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लले जानकारी दिए ।

बाख्रासहित थापिएको काठले बनाइएको परम्परागत खोरमा शुक्रबार बिहान बाख्रा लिन जाँदा चितुवा फेला परेको उनले जानकारी दिए । नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा ९ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  गोरखामा ३ दिनमा २ चितुवा मृतावस्थामा फेला

चितुवा पासोमा परेपछि स्थानीय खुसी भएका छन् । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १६ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको छ । आठ वटा चितुवा ति पासोमा परिसकेका छन् ।

पासोमा परेको चितुवालाई डिभिजन कार्यालय, दमौलीमा राखिएको छ । चितुवालाई कुन निकुञ्जमा पठाउने भन्ने बारेमा निर्णय भईनसकेको डिभिजन प्रमुख काफ्ले बताए ।

कमेन्ट गर्नुहोस्