१३१३ संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

काठमाडौंः नेपालमा थप १३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबार थप १४ सय ५५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ५१ हजार ८६६ संक्रमित निको भएका छन् ।

याे पनि पढ्नुस  चीनले भन्यो- कोरोनाविरुद्ध गर्न केके चाहिन्छ, लिष्ट पठाउ, हामी सामान दिन्छौं

हाल सक्रिय संक्रमित संख्या १८ हजार २८९ छ । सक्रिय संक्रमित संख्या २५ हजार पुगे फेरि लकडाउन गरिने मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ४५९ पुगेको छ ।

शुक्रबार १२ हजार २६२ जनाको पीसीआर गरिएको छ ।

कमेन्ट गर्नुहोस्