उपत्यकामा ह्वात्तै बढ्यो कोराना, संक्रमित २० हजार नजिक

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०३ जना, ललितपुरका ९१ जनार भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको मनत्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  निःशुल्क पीसीआर परीक्षणमा नयाँ मापदण्ड

शुक्रबार देशभर थप १३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १४ सय ५५ जना डिस्चार्ज र ६ जनाको मृत्यु भएको छ ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ । काठमाडौंमा १६ हजार २६७, ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित छन् ।

लकडाउन तथा निषेधाज्ञा हटाइएसँगै घना बस्ती भएका काठमाडौं उपत्यकालगायतका स्थानमा संक्रमित बढिरहेका छन् । काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या ५० प्रतिशत छ । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ ।

याे पनि पढ्नुस  इजरायलमा कोरोनाका कारण १ नेपाली महिलाको मृत्यु

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार बढी पुगे फेरि लकडाउन हुने मन्त्रालयले जनाएको छ । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकाले मन्त्रालयले उक्त निर्णय गरेको हो । शुक्रबार देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित छन् ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा बसेका केही व्यक्तिमा औलो देखियोः स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो समय निको हुने संख्या घट्दै गइरहेको छ भने संक्रमित संख्या बढ्दैछ । मुख्य शहरमा कोरोना तीव्र गतिमा फैलिँदै गइरहेको छ । जसका कारण तत्काल कोरोना नियन्त्रण चुनौंतीपूर्ण रहेको जानकारहरू बताउँछन् ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्