बेपत्ता पौडेलको शव फेला

चन्द्रौटा: ३ दिनदेखि बेपत्ता हुनुभएका कृष्ण पौडेलको शव आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो ।

जीपमा सवार छमध्ये तीन जना पौडेर बाँच्न सफल भएका थिए भने २ जनाको यसअघि शव फेला परेको थियो ।बेपत्ता पौडेलको शव कपिलवस्तु नगरपालिका-६ सगरहवामा पानीमा तैरिरहेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

याे पनि पढ्नुस  बाढी बस्तीमा पस्दा कैलालीमा ४ जना बेपत्ता, दर्जनौं गाउँ डुबानमा

मृतक तीनमध्ये बुधबार नै १ जनाको शव भेटिए पनि २ जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको शव भेटिएको थियो । पौडेल नेपाल विद्युत् प्राधिकरण फ्युज सेवा जीतपुरका प्रमुख हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्