जाँड रक्सीकाे विज्ञापन गरिएका हाेर्डिङ बाेर्ड हटाउँदै ललितपुर महानगर

ललितपुरः ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

‘ललितपुरलाई सफा र स्वच्छ बनाउन जाँड, रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन सुरु भइसकेको छ, केही दिनमा यो अभियान सकिने छ’, उनले भने ।

याे पनि पढ्नुस  आफूलाई टेण्डर नपरेपछि महानगरको पार्किङ कब्जा

यसअघि ललितपुर महानगरपालिकाका सडक पेटी अतिक्रणविरुद्धको अभियान चलाइएको थियो । फुटपाथ कब्जा गरी सञ्चालन भइरहेका व्यापार, व्यवसाय हटाएर समग्र फुटपाथ व्यवस्थापन गर्ने तयारी भएको नगर प्रहरी बलका प्रमुख हाछेथुले बताए।

ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु गएको भदौ १४ गते ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्