डलर साट्न बोलाएर ५ लाख लुटपाट

काठमाडौंः नेपाली पैसासँग सस्तोमा डलर साट्न बोलाएर गोरखा घर भई धापासी बस्ने शुदर्शन थापालाई ३ जना मिलेर लुटेका छन् । बिहीबार सूर्यविनायक नगरपालिका-२ बालकोट स्थित रोज भिलेजमा बोलाएर उनीहरुले डलर हो’ भन्दै कागजको पोको दिएर ५ लाख लुटेर भागेका हुन् ।

पोर्चुगल बसेर फर्केका ३० वर्षीय थापालाई लुटेरा समूहले सस्तोमा डलर साट्दा ५० प्रतिशत फाइदा हुने भन्दै नाफा बाँड्ने आश्वासन दिएका थिए । सो लोभमा धापासीबाट बालकोट पुगेका थापाले उल्टै ५ लाख गुमाए ।

लुटपाटमा संलग्न मध्ये एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्