उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार

काठमाडौंः उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरीमाथी बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले त्रियुगा-५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्