कञ्चनपुरबाट २ लाख ४४ हजारसहित १९ जुवाडे पक्राउ

काठमाडौंः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट २ लाख ४४ हजार १ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीय तेजबहादुर ऐरको घरमा जुवा खेल्ने २८ वर्षीय एकिन्द्र सुनारसहितका १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  कञ्चनपुरमा अवैध हतियारसहित वडाध्यक्षको गाडी नियन्त्रणमा

जुवाखालबाट १३ वटा तासको गड्डी बरामद गरिएको छ । उनीहरुमाथि जुन ऐनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्