दसैं तिहारमा घर जाँदा कोरोनाको झन् जोखिम, स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौंः स्वास्थ्य मन्त्रालयले दसैं तिहारमा कोरोना भाइरस संक्रमण झनै फैलिने खतरा रहेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

दसैं तिहारमा शहर बजारबाट अधिकांश मानिसहरू घर जाने भएकाले कोरोना जोखिम धेरै रहेको मन्त्रालयको भनाई छ । घर जाँदा गाडीमा बस्दादेखि बस पुगेपछि आवश्यक सतर्कता अपानाउनुपर्ने मन्त्रालयको सुझाव छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम चेतावनी दिँदै भन्छन्, ‘दसैं तिहार मनाउन शहर बजारबाट घर जाँदा कोरोना कोसेली बोकेर त जाँदैछैनौं भन्ने सोच्न आवश्यक छ । घर जाँदा आफू र परिवारलाई कसरी बचाउनेतर्फ ध्यान दिनुपर्छ ।’

याे पनि पढ्नुस  कोरोना संक्रमणले रूप फेर्दैछ: जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे

एकतर्फ लकडाउन तथा निषेधाज्ञा हटाइएसँगै घना बस्ती भएका काठमाडौं उपत्यकालगायतका स्थानमा संक्रमित बढिरहेका छन् । उपत्यकालगायतका घना बस्ती भएका स्थानहरूमा भौतिक दुरी कायम गर्न समस्या छ । त्यसकारण कोरोना सर्ने सम्भवना बढी छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना बढेको बढ्यै छ ।

अर्कोतर्फ धेरै मानिसहरू कोरोनालाई बिर्सन थालेको भन्दै त्यो अर्को खतराको संकेत रहेको मन्त्रालयले चेतावनी दिएको छ । सरकारी तथ्यांकअनुसार दसैं तिहार मनाउन सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट मानिसहरू बाहिरेने गरेका छन् । हाल उपत्यका कोरोनाको हटस्पट बनेको छ । जसका कारण उपत्यकाबासि संक्रमणको उच्च जोखिममा छन् । त्यसमा पनि बसमा लामो दुरीको यात्रा गर्दा झनै कोरोना संक्रमण हुने जोखिम बढ्न सक्ने मन्त्रालयको आंकलन छ । त्यसकारण उपत्यकाबाट बाहिरिने मान्छे कोरोनाको बढी जोखिममा छन् ।

याे पनि पढ्नुस  सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण

दसैं तिहार मनाउन जाँदा अपनाउनुपर्ने सावधानीबारे मन्त्रालयका प्रवक्ता गौतम भन्छन्, ‘बसमा चढ्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, खानेकुरा बोकेर जाने ।’

लापवाही गर्दै दसैंतिहारमा घर जाँदा परिवारका जेष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना संक्रमणको खतरा हुनेछ ।

याे पनि पढ्नुस  ३१ लाख नाघे संक्रमित, २ लाख १७ हजारको मृत्यु, कुन देशमा कति ?

यसअघि गत असारमा राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दसैैं, तिहार र छठपछि कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम अझै बढ्न सक्ने बताएका थिए । चाडपर्वका कारण मंसिरमा कोरोनाको ग्राफ बढ्न सक्ने उनको अनुमान थियो ।

उपत्यकामा ह्वात्तै बढ्यो कोराना, संक्रमित २० हजार नजिक

१३१३ संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्