महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौती : मन्त्री अर्याल

काठमाडाैं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताएकी छन् ।

सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उनले भनिन्, “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो ।” महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने उनको भनाइ छ ।

याे पनि पढ्नुस  अबको विकास ५०–१०० वर्ष पछिका लागिसमेत हुनुपर्छः मन्त्री अर्याल

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासङ्घले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरिन् ।

सङ्घीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरा जैरुले महासङ्घमा आफू शुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गरिन् ।

याे पनि पढ्नुस  मन्त्री अर्याल सवार विमानमा उडेको १० मिनेटमै समस्या आएपछि...

 

कमेन्ट गर्नुहोस्