आइपीएल : सन्दीप आज पनि बेन्चमै, टस हाररेर ब्याटिङ गर्दै दिल्ली

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ ११ मा मौका नपाएका हुन् ।

याे पनि पढ्नुस  आइपीएलः चेन्नईले भित्र्याउन सक्छ रिलीज गरेका यी ३ खेलाडी

दिल्लीले आज टिममा २ खेलाडी परिवर्तन गरेको छ । उसले रविचन्द्रन आश्विनको स्थानमा अमित मिश्रा र मोहित शर्माको स्थानमा आवेश खानलाई मौका दिएको छ । दिल्लीले आज पनि टस हारेर ब्याटिङको मौका पाएको छ ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, शिमरोन हेटमायर, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिक नोर्किया र आवेश खान ।

याे पनि पढ्नुस  आइपीएल : पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले पाएनन् मौका

सीएसकेको प्लेइङ-११ : मुरली विजयी शेन वाटसन, फाफ डु प्लेसिस, रुतराज गायकवाड, साम कुरान, केदार जाधव, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान), दीपक चहार, पियुष चावला र जोश हेजलउड ।

कमेन्ट गर्नुहोस्