४ सय बढी कुखुरा मार्ने चितुवा नियन्त्रणमा

तनहुँ : जिल्लाको भानु नगरपालिका-३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले थापेको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चार÷पाँच दिन अगाडि थापेको खोरमा चितुवा नियन्त्रणमा आएको जानकारी दिए । त्यो ठाउँमा एक व्यक्तिको कुखुरा खोरमा पसेर कुखुरा मारिदिएको भन्ने गुनासो आएपछि खोर थापेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  तनहुँमा कोरोना लक्षण भएकी युवतीको मृत्यु

तुलुङकोटका सन्तबहादुर तामाङको कुखुरा खोरमा छिरेर चितुवाले विगत केही समयदेखि कुखुरा मारेको थियो । गत साउन १८ र १९ गते चितुवाले कुखुराको खोरमा रहेका चार सय भन्दाबढी कुखुरा मारेको थियो ।

त्यस्तै असोज १ गते ५३०, असोज ३ गते १३० कुखुरा मारेको र ५३५ भन्दाबढी कुखुरा घाइते बनाएको तामाङले जानकारी दिए । चितुवाले दुःख दिएपछि नियन्त्रणको माग र क्षतिपूर्तिसहित तामाङले डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए ।

कमेन्ट गर्नुहोस्