टिनद्वारा अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धका लागि आग्रह

मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् । उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरेका छन् ।

रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरूलाई एक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चार प्रविधिको प्रयोगसहित गैर-हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरेका छन् ।

उनले द्वन्द्वमा ‘पहिलो प्रहार’ को व्यवहार नदेखाउन वा त्यस्ता विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो । सन् २०१६ को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको र अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकी निर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरेका छन् ।

कमेन्ट गर्नुहोस्