लिखु-तामाकोसी गाउँपालिका अध्यक्ष जेल चलान

काठमाडौं : रामेछापको लिखु-तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् ।

शरीर बन्धक, बलात्कार र ठगीको अभियोगमा एक महिनाअघि पक्राउ परेका अध्यक्ष खड्कालाई थुनछेकको बहस सकिएपछि जिल्ला अदालत रामेछापले शुक्रबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको स्रेस्तेदार रामचन्द्र मण्डलले जानकारी दिए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीको आलोचना गर्दा पाँच वर्ष जेल

अदालतले बलात्कार अभियोगमा खड्कालाई पुर्पक्षको लागि जेल पठाउने आदेश दिएको हो । अदालतले ठगी मुद्दामा ५० लाख रुपैयाँ र शरीर बन्धक मुद्दामा २ लाख रुपैयाँ धरौटी पनि खड्कासँग माग गरेको छ ।

खड्काको पक्ष र विपक्षमा आज नौ जना वकिलहरूले थुनछेक बहसमा भाग लिएका थिए । पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरेको थियो ।

कमेन्ट गर्नुहोस्