काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित ३ जनाविरुद्ध ठगी मुद्दा

काभ्रे : बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साताअघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्धा दर्ता गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । ‘पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ,’ इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने । उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पूर्जी आदेश ल्याएपछि इप्रकाद्वारा पूर्जी जारीपछि आरोपितको खोजी भइरहेको हो ।

याे पनि पढ्नुस  एक महिनाभित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा

क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले क्याप्पस प्रमुखको राजिनामा मुख्य शर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो ।

याे पनि पढ्नुस  एक महिनाभित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा

प्रहरी अनुसन्धानका लागि सात महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताए पराजुलीका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

कमेन्ट गर्नुहोस्