आइपीएल : दिल्लीले दियो चेन्नईलाई १७६ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को सातौँ म्याचमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्स (सीएसके) लाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ न बनायो ।

याे पनि पढ्नुस  आइपीएलः मुम्बईले किन्यो ८ करोडमा यी फास्ट बलर

उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए ।

बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए ।

सीएसकेविरुद्ध पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् ।

याे पनि पढ्नुस  आइपीएलको आउँदो संस्करण भारतबाहिर हुनसक्ने

दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ११ मा मौका नपाएका हुन् ।

कमेन्ट गर्नुहोस्