आइपीएल : दिल्लीको लगातार दोस्रो जित, सीएसकेको लगातार दोस्रो हार

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४४ रनले पराजित भएको छ ।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको सीएसकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्याे ।

उसका लागि फाफ डुप्लिेसीले ४३, केदार जाधवले २६, शेन वाट्सनले १४, मुरली विजयीले १०, कप्तान महेन्द्रसिंह धोनीले १५ र रवीन्द्र जडेजाले १२ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलको आउँदो संस्करण भारतबाहिर हुनसक्ने

बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले ३, एनरिक नोर्कियाले २ र अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ न बनायो ।

उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलः अक्सनका लागि ३३२ खेलाडीको सूची तयार

बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए । जारी सिजनमा दिल्लीको यो लगातार दोस्रो जित हो । उसले पहिलो म्याचमा ‘सुभर ओभर’मा किंग्स इलावेन पञ्जाबलाई हराएको थियो ।

सीएसकेले भने ३ म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । उसले पहिलो म्याचमा मुम्बई इण्डियन्सविरुद्ध जित हासिल गर्दा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सविरुद्ध हारको सामना गरेको छ ।

याे पनि पढ्नुस  आइपीएल : पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले पाएनन् मौका

आजको जितसँगै दिल्ली ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

कमेन्ट गर्नुहोस्