कोरोना संक्रमणबाट थप एक नेपाली सैनिकको मृत्यु

काठमाडौंः कोरोना भाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत एक सैनिक जवानको मृत्यु भएको छ। ती जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत उनमा छारे रोगको लक्षण देखिएपछि असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो। असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ पाइएको निर्देशनालयले जनाएको छ।

याे पनि पढ्नुस  नेपालका यी ७ जिल्ला भए ‘कोरोना फ्री’

यससँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ।

कमेन्ट गर्नुहोस्