बबई बहुमुखी क्याम्पसका प्रमुखको निधन

बर्दिया : कोरोना भाइरस (कोभिड-१९) बाट बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार अग्रवालको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार गुलरिया नगरपालिका-५ का ५२ वर्षीय क्याम्पस प्रमुख अग्रवालको शनिबार दिउँसो मृत्यु भएको हो ।

याे पनि पढ्नुस  भारतमा एकैदिन थपिए झण्डै ७० हजार थप संक्रमित

होम क्वारेन्टाइनमा बसिरहेका उनलाई स्वास्थ्यमा जटिल समस्या आएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुन नपाउँदै मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

क्याम्पस प्रमुख अग्रवाल फोक्सो क्यान्सरबाट पीडित थिए । योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्