हैदरावादद्वारा केकेआरलाई १४३ रनको लक्ष्य, पाण्डेको अर्धशतक

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) को आठौँ खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १ सय ४३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएल : राजस्थानले दियो चेन्नईलाई २१७ रनको लक्ष्य

उसका लागि मनिष पाण्डेले अर्धशतक बनाए । उनले ३८ बलमा २ छक्का र ३ चौकासहित ५१ रनको योगदान दिए । आइपीएलमा पाण्डेको यो १६ औँ अर्धशतक हो ।

त्यस्तै, ऋद्धिमान साहले ३०, कप्तान डेविड वार्नरले ३६, विकेटकीपर/ब्याट्सम्यान जोनि बेयरिस्टोले ५ र मोहम्मद नाबीले अविजित ११ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलः म्याक्सवेल १० करोड ७५ लाखमा बिक्री!

बलिङमा केकेआरका प्याट कमिन्स, आन्द्रे रसेल र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्