आइपीएल : हैदराबादमाथि केकेआरको शानदार जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले जितको खाता खोलेको छ ।

आज सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै केकेआरले जितको खाता खोलेको हो ।

हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य पाएको केकेआरले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

याे पनि पढ्नुस  आइपीएल अक्सनः जसन रोय दिल्ली क्यापिटल्समा आवद्ध

उसका लागि ओपनर शुभमन गिलले अविजित ७०, इयोन मोर्गनले नटआउट ४२ र नितीश राणाले २६ रन बनाए ।

बलिङमा हैदराबाद टिमका राशिद खान, खलिल अहमद र टी नटराजले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएलको मिति सर्‍यो

उसका लागि मनिष पाण्डेले अर्धशतक बनाए । उनले ३८ बलमा २ छक्का र ३ चौकासहित ५१ रनको योगदान दिए । आइपीएलमा पाण्डेको यो १६ औँ अर्धशतक हो ।

त्यस्तै, ऋद्धिमान साहले ३०, कप्तान डेविड वार्नरले ३६, जोनि बेयरिस्टोले ५ र मोहम्मद नाबीले अविजित ११ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलः दिल्लीले भित्र्यायो अर्का विदेशी खेलाडी

जारी सिजमना हैदराबादको यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा आरसीबीसँग पराजय ब्यहोरेको थियो ।

कमेन्ट गर्नुहोस्