स्पेनिस ला लिगामा रियल मड्रिडको पहिलो जीत

रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ३–२ ले पराजित गरेको हो ।

रियल बेटिसको मैदानमा भएको खेलमा पहिलो हाफमा २–१ ले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले जित हात पारेको हो ।

१४ औं मिनेटमा भल्भेर्देले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर मेन्डीले ३५ औँ तथा विलियम कारभाल्होले ३७ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा रियल बेटिसले २–१ ले अग्रता लिन सफल भयो ।

खेलको ४८ औँ मिनेटमा रियल बेटिसका लेइते डी सोउजा जुनियरले आत्मघाती गोल गरे भने ८२ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जिओ रामोसले गोल गरेपछि रियल मड्रिड ३–२ ले विजयी भएको हो ।

लिग अन्तर्गत गएराति भएका अन्य खेलमा रियल सोसिडाडले एल्चेलाई ३–० ले पराजित गरेको छ भने एलाभेस र गेटाफेले गोलरहित तथा भ्यालेन्सिया र हुएस्काले १–१ को बराबारी खेलेका छन ।

कमेन्ट गर्नुहोस्