जब सडकमा हजारौं लिटर रेड वाईनको बाढी बग्न थाल्यो (भिडियो)

काठमाडौं । तपाई सडकमा हिडिरहेको बेला अचानक वाइनको नदी बग्न थाले के गर्नुहुन्छ ?

यदि तपाई वाईन पारखी हुनुहुन्छ भने नहरमा डुबुल्की मार्न पक्कै खोज्नु हुन्छ होला ।

यस्तै एक भिडियोले अहिले संसारभरिको ध्यान तानेको छ ।

भिडियोमा वर्षाको बाढी जस्तै रेडवाइन सडकमा बगेको देख्न सकिन्छ ।

याे पनि पढ्नुस  'जहाँ तलबको सट्टा बलात्कार गरिन्छ'

यो भिडियो स्पेनको हो ।

स्पेनको एउटा रेड वाइन उद्योगमा ट्यांकी फुटेपछि हजारौं लिटर रेडवाईन सडकमा पोखिएको हो ।

ट्विटरमा भाइरल भएको यो भिडियोमा रेड वाईन बाढी जस्तै उर्लेर आएको देखिन्छ ।

एउटा तस्वीरमा एकजना मानिले बगिरहेको वाइन खान खोजेको देखिन्छ ।

याे पनि पढ्नुस  आत्महत्या गर्न उक्साउने अनलाइन गेम, एक सय ३० जनाले गरिसके आत्महत्या

न रुनु न हाँस्नु जस्तै भयो भन्दै कतिपयले ट्विट गरेका छन् ।

अहिलेसम्म यो भिडियो हजारौंले लाइक र शेयर गरेका छन् ।

स्पेन लगायत यूरोपका कतिपय देशहरु वाइनका लागि प्रख्यात रहेका छन् । विश्वभरी स्पेनिश वाइनको निकै माग समेत रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्