संकटमा मोदीः किसान विधेयकको विरोधमा अकाली दलले तोड्यो २४ वर्षदेखिको सम्बन्ध, समर्थन फिर्ता

नयाँ दिल्ली । भारतीय जनता पार्टीको सरकारले सदनबाट पारित गरेका तीनवटा किसान विधेयकको बिरोधका कारण मोदी सरकार संकटमा परेको छ ।

भाजपा सम्मिलित नेशनल डेमोक्र्याटिक एलायन्सबाट अकाली दलले समर्थन सम्बन्ध तोडने निर्णय गरेको हो ।

अकाली दलबाट मोदी मन्त्रीमण्डलमा रहेकी हरसिमरत कौरले यसअघि नै राजिनामा दिइसकेकी थिइन ।

याे पनि पढ्नुस  मोदी सरकारले ल्यायो ‘किसान विधेयक’, किसानबिरोधी भन्दै केन्द्रीय मन्त्रीद्वारा राजिनामा

पञ्जाबमा मुख्य जनाधार भएको अकाली दलले किसानहरुको पक्षमा रहेकोले मोदी सरकारलाई समर्थन नसक्ने जनाएको छ । शनिबार बसेको अकाली दल केन्द्रीय कार्यसमितिको बैठकले एनडीएबाट अलग हुने निर्णय गरेको हो । अकाली दल र भारतीय जनता पार्टीबीच २४ वर्षदेखि गठबन्धन थियो ।

याे पनि पढ्नुस  मोदी सरकारले ल्यायो ‘किसान विधेयक’, किसानबिरोधी भन्दै केन्द्रीय मन्त्रीद्वारा राजिनामा

सरकारले कृषि क्षेत्रमा सुधारको नाममा तीनवटा विधेयक गत साता सदनबाट पारित गरेको थियो । यी विधेयकहरु यसअघि अध्यादेशका रुपमा जारी भएका थिए ।

किसानहरुले भने यी विधेयकहरुले किसानहरु मार्कामा पर्ने र कृषि क्षेत्रमा बजार र विचौलियाहरुले कब्जा गर्ने आरोप लगाएका छन् । गत साता मात्रै किसान संगठनहरुले भारत बन्दको आव्हान समेत गरेका थिए ।

याे पनि पढ्नुस  मोदी सरकारले ल्यायो ‘किसान विधेयक’, किसानबिरोधी भन्दै केन्द्रीय मन्त्रीद्वारा राजिनामा

अकाली दलले समेत समर्थन फिर्ता लिएपछि आन्दोलन झनै चर्किने देखिन्छ ।

कमेन्ट गर्नुहोस्