गण्डकी प्रदेशमा थपिए ७१ संक्रमित

काठमाडौंः गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परिक्षणमा चार जिल्लाका ५८ जना पुरुष र १३ जना महिलामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङका ३१ जना, कास्कीका २१ जना, लमजुङका १६ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  अमेरिकामा फेरि बढ्यो कोरोनाः ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो (सूचीसहित)

योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार सात सय ७४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्